पथरीशनिश्चरे नगरको नवनिर्मित स्वास्थ्य चौकी भवनमा ल्याव सेवा सुरु

मोरङको पथरीशनिश्चरे नगरको वडा नम्वर २ मा नवनिर्मित स्वास्थ्य चौकी भवनमा आजदेखि ल्याव सेवा सुरु भएको छ ।
नगरपालिका प्रमुख दिलिपकुमार राईको अगुवाईमा २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईं सहितका जनप्रतिनिधिहरुले ल्याव सेवाको उद्घाटन् गरेका छन् ।

नगर प्रमुखले रिवन काटेर र आफ्नो रगत जाँच गराएर ल्यावको उद्घाटन् गरेका थिए । अतिथि तथा सहभागिलाई आज निशुल्क रुपमा रगत जाँच गरिएको नगरका स्वास्थ्य संयोजक मुरारी आचार्यले जनाए । सो अवसरमा, समाजसेवी मोहन तुम्वापो सहितले ल्याव सेवा सञ्चालनले वडावासीमा राहत मिलेको जनाए ।

पथरी वजारमा रहँदा स्वास्थ्य चौकीमा ल्याव सेवा भएपनि २ नम्वरमा सरेपछि नयाँ व्यवस्थापनमा ल्याव सेवा सुरु गरिएको छ । साविकको पथरीको भवनमा भनें शहरी स्वास्थ्य क्लिनिकका रुपमा ल्याव सहितका सेवा यथावत छन् ।

स्थानीयले १० कठ्ठा बढी जग्गा दान दिएपछि सरकारी पहलमा व्यवस्थित भवन निर्माण भइ प्रसुती सेवा समेत त्यहाँ थप गरिएको छ । त्यहाँ कम्तिमा २५ शैयाको अस्पताल नै निर्माण गर्न स्थानीयले अझै जग्गा थप गरेर दान गर्ने निर्णयपछि माथिल्लो निकायमा ताकेता जारी छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

बहु प्रतिक्षित चलचित्र “पुरानो बुलेट”को ट्रेलर आज सार्वजनिक ( भिडीयो सहित )

युद्धको नजिक भारत–पाकिस्तान : सीमाक्षेत्रमा १४० सैनिक विमान यसरी होमिए !

फिपराज बेघाको ‘फस्ट लभ’ सार्वजनिक

बहु प्रतिक्षित चलचित्र “पुरानो बुलेट”को ट्रेलर आज सार्वजनिक हुने

नगर खेलकुद विकास समितीको आयोजनामा फागुन ७ र ८ गते पथरी शनिश्चरे ८ मा पुरुस भलिबल हुदै

प्रभात सामुदायिक युवा क्लबको अध्यक्ष पदमा युवा समाजसेवी नबिन कार्की सर्बसम्मत चयन

ट्राफिक प्रहरीको सक्रियतामा बसपार्क सरसफाई कार्यक्रम

मृत अवस्थामा मोरङको पथरीशनिश्चरेको जंगलमा भेटिएको शव काठमान्डौकी सावित्रा खतिवडाको भएको पुस्टि