अभिनेता सलमानको फिल्म ‘भारत’को टिजर भयो सार्वजनिक ,इदमा धमाका मच्चाउने उद्देश्य

१३ माघ , बलिउड अभिनेता सलमान खानको प्राय सबै फिल्म दर्शकको रोजाईमा पर्नेगर्दछ ।

सलमानका फिल्महरु प्राय सबै सुपरहिट नै रहने गर्दछ । आफ्नो अन्दाजले सबैको मन जित्ने अभिनेता सलमानको फेरी पनि धमाकेदार फिल्म ‘भारत’को टिजर सार्वजनिक भएको छ ।

लगातार दुइवटा इदमा फिल्म असफल रहेका कारण सलमान यो बर्षको इदमा धमाका मच्चाउने उद्देश्यका साथ फिल्म ‘भारत’ल्याउने भएका छन् ।

टी–सिरिज युटुब च्यानल मार्फत सार्वजनिक भएको टिजरमा सलमान खान चलचित्रको शिर्ष भूमिकामा देखिएका छन् ।

आफ्नो पिताले आफ्नो नाम नै भारत राखिदिएकाले यस अगाडि जात, धर्म, बर्ण, देश जोड्न आवश्यक नभएको संवाद उनी बोल्छन् । यो चलचित्रलाई अलीअब्बास जफरले निर्देेशन गरेका हुन् । चलचित्रमा तब्बु, कट्रिना कैफ, ज्याकी श्राफ, सोनाली कुलकर्णी, दिशा पटानी, नोरा फातेही लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।


Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी