अभिनेत्री सनी लियोनी माथि लाग्यो यस्तो आरोप

१३ माघ , बलिउडमा आइटम गीतका लागि चर्चित मानिने अभिनेत्री सनी लियोनीको आफ्नो छुट्टै अन्दाज छ।

सुन्दर र आकर्षक हुनुका साथै उनि एक राम्रो अभिनेत्रीको लिस्टमा पर्छिन । तर सनी माथि एक आरोपले लागेको कुराले निकै चर्चा पाएको छ ।

सनीमाथि बलिउड प्रोड्यूसर तथा डिस्ट्रब्यूटर भारत पटेलले धोका दिएको आरोप लगाएका छन्। भारतले सनीले २०१७ मा रिलीज भएको फिल्म ‘पटेलीकी पंजाबी शादी’ मा एक आइटम नम्बरमा डान्स गर्ने सहमतिमा पैसा लिएको तर उक्त गीत शुट नगरेको आरोप लगाएका छन्। उनले आइटम नम्बरमा डान्स गर्ने भन्दै सनीलाई पाँच लाख दिएको तर सनीले उक्त रकम फिर्ता नगरेको आरोप लगाएका छन्।

भारतीय संचारमाध्यमका अनुसार भारत पटेलले सनी लियोनीलाई उक्त गीतमा आइटम डान्स गर्नकालागि ४० लाख रुपैयाँ दिने सहमति थियो। त्यो मध्ये पाँच लाख रुपैयाँ सहमति गर्दा नै सनीलाई दिइएको थियो। त्यस बाहेक ५ लाख लुक टेस्टपछि, २० लाख गीतको रिहर्सलका क्रममा र बाँकी दश लाख प्रमोशनका क्रममा दिने सहमति भएको थियो।

सनीलाई पाँच लाख पहिला नै दिइसकिएकाले शुटिङको मिति तय गर्न सनीलाई बोलाइयो। निर्माण पक्षले सनीलाई फोन गर्न उनले फोन रिसिभ गरिनन्। सनीलाई म्यासेज पठाउँदा रिप्लाइ पनि गरिनन्। पटेलका अनुसार सनीलाई यो विषयमा लिगल  नोटिस पनि पठाइएको थियो। त्यसको पनि कुनै प्रतिक्रिया आएन।

सनी लियोनी निकट स्रोतलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाए अनुसार फिल्ममा आइटम डान्सकालागि सनीले मिति तय गरेकी थिइन्। तर निर्माण पक्षले कहिले अगाडि त कहिले पछाडि मिति सारे। त्यसपछि सनीले आफ्नो समय अर्को प्रोजेक्टलाई दिएकी हुन्।


Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी