नायिका आयशा शर्मा बोल्ड पोशाकका कारण बनिन् ट्रोलको शिकार , एकले त भने यतिसम्म

८ माघ , बलिउडमा दिनहुँ कुनै न कुनै किसिमको पार्टी चलिरहेको हुन्छ । पार्टीमा विभिन्न कलाकारहरु बोल्ड अवतारमा देखा पर्दछन् ।

बोल्ड र आकर्षक देखिन कलाकारहरु धेरै महँगो गाडी चढ्ने र लुगा तथा गरगहना लगाउने गर्दछन् । त्यस्तै ‘स्टुडेन्ट अफ द ईयर–२’, ‘आई हेट लभस्टोरी’ जस्ता फिल्मका निर्देशक पुनीत मल्होत्राले केही दिन अगाडि एउटा पार्टीको आयोजना गरेका थिए। पार्टीमा बलिउडका कयौं हस्ती सहभागी भएका थिए।

यस क्रममा फिल्म ‘सत्यमेवजयते’ की नायिका आयशा शर्मा पनि उपस्थित थिइन्। आयशा आफ्नो बोल्ड पोशाकका कारण निकै चर्चामा थिइन्।

यद्यपी पोशाककै कारण यी अभिनेत्रीले केही असजिलो पनि महशुश गरिन्। फोटोग्राफरलाई पोज दिँदा उनी बारम्बार आफ्नो पोशाक हेरिरहेकी थिइन्। आयशाको पोशाकलाई लिएर सामाजिक संजाल प्रयोगकर्ताले आयशालाई ट्रोल गरेका छन्। एक प्रयोगकर्ताले आयशालाई गरिबकी पूनम पाण्डेसम्म भन्न भ्याएका छन्।

आयशा शर्मा २४ जनवरी, १९८९ मा भागलपुर विहारमा जन्मिएकी हुन्। आयशा बलिउड अभिनेत्री नेहा शर्माकी बहिनी हुन्। नेहाले ‘क्या सुपरकुल है हम’, यंगिस्तान र यमला पगला दिवाना–२ जस्ता फिल्ममा काम गरेकी छन्।

आयशाको बाल्यबाल भने दिल्लीमा बितेको थियो। उनको पढाइ पनि स्प्रिंगडेल्स स्कुलमा भएको थियो। आयशाले नोएडाको एमिटी स्कुल अफ इन्जिनियरिंगबाट बायोटेक्नोलोजीमा ग्रेजुएशन गरेकी छन्। आयशाका बुवा अतीज शर्मा राजनीतिज्ञ हुन्। आयशाकी एउटी बहिनी छन् जसकोनाम रितिका शर्मा हो।


Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी