अभिनेत्री करिना कपुर राजनीतिकमा आउने कुराले आयो बलिउडमा नयाँ तरंग

८ माघ , बलिउडमा अभिनेत्री करिना कपुर निकै चर्चामा रहने अभिनेत्री हुन् ।

उनले बलिउडमा धेरै सुपरहिट फिल्म गरिसकेकी छिन् । आफ्नो राम्रो अभिनयका कारण उनलाई दर्शक धेरै रुचाउने गर्दछन् ।

त्यसैगरी केही समयदेखि मध्य प्रदेशको राजनीतिकमा करिनाको चर्चा चुलिएको छ । राजनीतिकसँग जोडिने समाचारले बलिउडमा तरंग उत्पन्न गराएको छ ।

देखेर भोपालका कंग्रेसी नेताहरुले उनलाई भोपालबाट लोकसभा चुनाव लड्न आग्रह गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

४० वर्षदेखि भुपालको चुनाव हारिरहेको कंग्रेसलाई करिनाले जिताउन सक्ने विषयमा कांग्रेसभित्र चर्चासमेत सुरु भएको हो। भोपाल करिनाको माइती पनि हो। त्यसैले उनी श्रीमान् सैफ अली खानसँग त्यहाँ गइरहन्छिन।

भारतीय जनता पार्टी (भाजपा)को किल्ला बनिसकेको भोपालमा करिनाको प्रवेश हुँदा किल्ला भत्काउन सकिने कंग्रेसको आँकलन छ। प्रदेशसमा राम्रो जित निकालेसँगै लोकसभामा पनि कंग्रेसले राम्रै आश गरेको छ।

भोपालमा युवा मतदाताको संख्या धेरै भएका कारण करिनाले युवालाई आकर्षित गर्न सक्ने बताइएको छ। अहिले भारतीय राजनीतिमा करिनाको उम्मेदवारीलाई लिएर चर्चा चुलिएको छ।

करिना र सैफ विदा मनाउन भोपाल जाने गरे तापनि राजनीतिक गतिविधिमा भने अहिलेसम्म सहभागी भएका छैनन्।

जया बच्चनको पनि भोपालसँग खास सम्बन्ध छ। उनी राज्यसभा र उत्तर प्रदेशमा धेरै सक्रिय छिन। भोपाल जया बच्चानको माइती पनि हो। धेरैपटक अमिताभ बच्चन र जया भोपालबाट चुनाव लड्ने चर्चासमेत भएको थियो।

यही चर्चाका बीच करीनाले भने आफु हाल फिल्ममामात्र केन्द्रित भएको बताएकी छन् । उनले चुनाव लड्ने कुनै योजना हालसम्म नभएको र त्यसका लागि कुनै पनि दलले आफुसँग सम्पर्क नगरेको बताएकी छन् ।

यद्यपी उनले दलहरुबाट त्यस्तो प्रस्ताव आएपछि के गर्छिन् भन्ने विषयमा भने बोलेकी छैनन् । यसबाट उनी मौका पाए चुनावी मैदानमा उत्रिन सक्ने अनुमान धेरैले गरेका छन् ।


Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी