नेपाल समूह विजेता बन्दै महिला टी-ट्वान्टीको सेमिफाइनलमा

थाइल्याण्ड ’ए’ लाई ९ विकेटले हराउँदै नेपाल महिला टी ट्वान्टी स्म्यास क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।

बुधबार भएको समूह चरणको अन्तिम खेलमा थाइल्याण्ड ’ए’ टिमलाई पराजित गरेर नेपाल समूह ’ए’ को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।

बैंककमा थाइल्याण्ड ’ए’ ले दिएको २० रनको लक्ष्य नेपालले ३ ओभर ३ बलमा मात्र १ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा ममता कुमारी चौधरीले ८ रन जोडिन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको थाइल्याण्ड ’ए’ १५ ओभर ४ बलमा अलआउट हुँदै १९ रन बनाएको थियो ।

जितसंगै ४ खेलबाट ८ अंक जोडेको नेपाल रहँदै सेमिफाइनलमा पुगेको हो । यस समूहबाट ६ अंक जोडेको युएई उपविजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भयो ।

अब नेपालले सेमिफाइनलमा शुक्रबार समूह ’बी’ को उपविजेता इन्डोनेसियासंग खेल्नेछ ।


Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी