साधारण देखिने ब्रोकाउलीको सेवनबाट हुने फाइदा थाहा पाउदा पर्नु हुनेछ छक्क

३० पुस , हामी हरेक दिन केहि न केहि नयाँ परिकारका तरकारी खाने गर्दछौ । कसैलाई हरियो तरकारी खान मन पर्चा भने कोहि रुचाउदैनन् ।

तर हामीले दिनहुँ खाने हरियो तरकारीले हाम्रो शरीरमा विभिन्न किसिमका तत्वको मात्र पुर्याइरहेको हुन्छ । जसमध्ये ब्रोकाउली पनि पर्दछ ।

देख्दा साधारण देखिने ब्रोकाउलीको सेवन गर्दा हाम्रो शरीरमा संक्रमित तथा बिग्रेको फोक्सोलाई सजिलै स्वस्थ तथा तन्द्रुस्त बनाउन मदत पुर्याउछ ।

मानव शरीर तन्द्रुस्त रहनका लागि उसको फोक्सोको चाल नियमित तथा स्वस्थ रहन अति आवश्यक छ । तर, जसले आफ्नो फोक्सो खराव पारिसक्नु भएको छ उनीहरुका निम्ति श्वास फेर्ने काम अति गाह्रो हुनसक्छ । प्रत्येक पटक जब तपाई श्वास भित्र लिनुहुन्छ तपाईले पीडा अनुभव गर्नु पर्ने हुन्छ ।

हामीलाई जिवित तथा स्वस्थ राखी राख्न फोक्सोले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । हावा हामीलाई श्वास फेर्नका लागि मात्र चाहिने होइन । रगतमा अक्सिजनलाई छानेर पठाउन हामीलाई फोक्सोको आवश्यक पर्छ । तसर्थ हाम्रो निम्ति फोक्सो अति आवश्यक छ । तर के तपाईलाई थाहा छ फोक्सालाई स्वस्थ कसरि राख्न सकिन्छ रु

यदि तपाईमा चुरोट तान्ने बानी छ वा तपाई अति प्रदुशित ठाउँमा बसोबास गर्नुहुन्छ भने यस्तो अवस्थामा तपाईले आफ्नो फोक्सो बिगारिसकेको हुनुपर्छ । कतिपय अवस्थामा फोक्सो नराम्रो तरिकाले खराव भएको हुन्छ । तर कतिपय अवस्थामा भने फोक्सोको संक्रमण तथा विषादीलाई सफा पार्न पनि सकिन्छ र कतिपय बिग्रेको फोक्सोलाई मरमत समेत गर्न सकिन्छ ।

फोक्सोको संक्रमणबाट बच्न तथा बिग्रिएको फोक्सोलाई स्वस्थ बनाउनका लागि ब्रोकाउलीलाई अचुक ओखती मानिन्छ ।

स्वस्थ रहनका लागि हरियो सागसब्जी नियमित खाने गर्नुपर्छ भन्ने भनाई हामीले धेरै जनाको मुखबाट सुन्ने गरेकै हुनु पर्छ । यो त्यसै भन्ने गरिएको होइन । यसमा अवस्य पनि कारण तथा सत्यता लुकेको छ । हरियो सागसब्जीमा धेरै प्रकारका पोषण तत्वहरु लुकेको हुन्छ जसले हाम्रो शरीर स्वस्थ राख्न ठूलो भूमिका खेलेको हुन्छ ।

सागसब्जिहरु मध्ये विषेश गरि एउटा सब्जीले फोक्सोलाई सफा राख्न र बिग्रेको फोक्सोलाई समेत स्वस्थ पार्न ठूलो भूमिका खेल्छ । र यो विषेश प्रकारको सब्जी ब्रोकाउली हो ।

ब्रोकाउलीले शरीरको इम्युन सिस्टमलाई मात्र सहयोग पुर्याउने होइन यसले फोक्सोमा भएका हानिकारक किटाणुलाई पनि बाहिर निकाल्ने काम गर्छ । ब्रोकाउलीमा विभिन्न प्रकारका आवश्यक तत्वहरु उपलब्ध हुन्छ जसले फोक्सो संबद्ध बिभिन्न रोगहरुबाट छुटकारा दिलाउन मद्धत पुर्याउछ ।

स्वस्थ फोक्सोमा सेतो रक्त कोशिका तथा माक्रोफेज सक्रिय भएको हुन्छ जसले फोक्सोबाट किटाणु बाहिर फाल्ने काम, फोक्सोमा हुन सक्ने फोहर बाहिर फाल्ने काम तथा फोक्सोमा संक्रमण हुन दिदैन ।

माक्रोफेज तथा सेतो रक्त कोशिकालाई फोक्सोमा भएको एन आर एफ २ नाम भएको केमिकलले सक्रिय बनाउने कार्य गर्छ । यो केमिकल तथा केमिकल संचारहुने बाटो खराब भएको खण्डमा यसलाई राम्रो तथा पुननिर्माण गर्नका लागि ब्रोकाउली तथा काउलीमा उपलब्ध सल्फोराफेन भन्ने केमिकलले ठूलो मद्धत पुर्याउछ ।


Recent Posts

बहु प्रतिक्षित चलचित्र “पुरानो बुलेट”को ट्रेलर आज सार्वजनिक ( भिडीयो सहित )

युद्धको नजिक भारत–पाकिस्तान : सीमाक्षेत्रमा १४० सैनिक विमान यसरी होमिए !

फिपराज बेघाको ‘फस्ट लभ’ सार्वजनिक

बहु प्रतिक्षित चलचित्र “पुरानो बुलेट”को ट्रेलर आज सार्वजनिक हुने

नगर खेलकुद विकास समितीको आयोजनामा फागुन ७ र ८ गते पथरी शनिश्चरे ८ मा पुरुस भलिबल हुदै

प्रभात सामुदायिक युवा क्लबको अध्यक्ष पदमा युवा समाजसेवी नबिन कार्की सर्बसम्मत चयन

ट्राफिक प्रहरीको सक्रियतामा बसपार्क सरसफाई कार्यक्रम

मृत अवस्थामा मोरङको पथरीशनिश्चरेको जंगलमा भेटिएको शव काठमान्डौकी सावित्रा खतिवडाको भएको पुस्टि