भागिरथ माविमा जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिता हुने

मोरङको पथरीशनिश्चरे नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा जिल्ला स्तरिय तेक्वान्दो प्रतियोगिता हुने भएको छ ।

नगर खेलकुद विकास समितिले शुक्रबार पथरी वजारमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता बारेमा जानकारी गराएका थिए । पथरीशनिश्चरे नगरको भागिरथ माविमा माघ ५ गते एक दिन प्रतियोगिता हुने आयोजकले जनाएको छ ।

खेलमा २०–२५,२५–३०,३०–३५,३५–४०,४०–४५ केजीको समूह विच खेल हुनेछ । जस्मा न्यू पाथिभरा,पथरी तेक्वान्दो गछिया डोजाङ,तिनपैनी सुन्दरहरौचा,विराटनगर,सिटी बिराटनगर,बाल सदन बिराटनगर,सुकुना सुन्दर हरैचा,लक्ष्मी मार्ग,संगेली र ब्रइटफ्युचर बिराटनगर गरी जम्मा ११ वटा टिमहरुले भाग लिएका छन् ।

प्रतियोगिता जित्नेलाई मेडल,ट्रफि र प्रमाण पत्रले पुरस्कृत गरिने नगर खेलकुद विकास समितिका अध्यक्ष मनि लिम्बुले बताए । नगर खेलकुद विकास समितिबाट ५० हजार,सहयोगी दाताहरुबाट ३० हजार,सम्बन्धित वडाबाट १०हजार र प्रत्येक सदस्यहरुबाट १५ हजार गरी जम्मा १ लाख ५ हजार रकम संकलन गरेको अध्यक्ष लिम्बूले जनाए ।


Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी