रजनीकान्तको फिल्म ‘पेट्टा’ लाई लिएर यतिसम्म क्रेजी भए फ्यान, आतिशबाजी गरेको भिडियो भयो भाइरल

२७ पुस , दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकान्त दर्शकका मन मुटुमा राज गर्ने कलाकार हुन्।

रजनीकान्तको फिल्म ‘२.०’ ले पनि बक्स अफिसमा राम्रो व्यापार गरेको थियो। त्यसैगरी उनको फिल्म ‘पेट्टा’ ११ जनवरीमा रिलीज हुँदैछ।

फिल्म रिलीज हुनुपूर्व नै रजनीका फ्यान क्रेजी भएका छन्। यतिबेला सामाजिक संजालमा एउटा फोटो र भिडियो भाइरल भएको छ।

यो भिडियोमा रजनीकान्तका फ्यानले रजनीकान्तको पोस्टर लिएर र्याली निकालेका छन्। उनीहरुले ढोल बजाएर डान्स गरेको पनि भिडियोमा देख्न सकिन्छ।

त्यतिमात्रै होइन, अर्को भिडियो पनि भाइरल भइरहेको छ। उक्त भिडियोमा रजनीकान्तका फ्यान आतिशबाजी गरिरहेका छन्। फिल्म हल बाहिर रजनीकान्तका ठूला ठूला पोस्टर लगाइएको छ भने उनको फ्यान दुई दिन पहिलादेखि नै टिकट काट्न लाइनमा बसेका छन्।

ट्रेड एनालिस्टका अनुसार यो फिल्मले पहिलो दिनमै १५ देखि २० करोड रुपैयाँको व्यापार गर्नसक्छ।

बक्स अफिसमा फिल्म पेट्टा र अजीतको विस्वासमबीच टक्कर हुने देखिएको छ। यी दुवै एक्सन फिल्म हुन्।


Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी