बच्चाका लागि तपाईंले बुधबारको रात गर्भ बसाउने कोसिस गर्नुपर्दथ्यो

यदि तपाईं बच्चाका लागि योजना बनाइरहनुभएको छ भने तपाईंले सायद बुधबारको रात गर्भ बसाउने कोसिस गर्नुपर्दथ्यो किनभने यो दिन गर्भवती हुनका लागि सबैभन्दा राम्रो मानिन्छ ।

यहाँसम्म कि जनवरी २ लाई ‘नेशनल बेबी मेकिङ डे’ पनि भनिन्छ किनभने युकेको आधिकारिक आँकडाका अनुसार धेरैजसो मानिसको जन्मदिन सेप्टेम्बर २६ तारिखमा पर्छ जुन ३८ हप्तापछि आउँछ । धेरैजसो गर्भ ३८ हप्ता नै रहन्छ । फर्टिलिटी विशेषज्ञलाई मान्ने हो भने जनवरी २ तारिख गर्भ बसाउनका लागि थुप्रै कारणले उपयुक्त हुन्छ ।

च्यानल ममले दुई हजार एक सय ३० जोडीमाथि एउटा अनुसन्धान गरेको थियो । जसमा उनीहरुले लगातारको पार्टी समाप्त भएपछि उनीहरु पार्टनरसँग समय बिताउन चाहने बताए । भिडियो हेर्नुहोस् :