प्रथम नगर स्तरिय महिला फुटवल प्रतियोगीताको उपाधी पथरीशनिश्चरेलाई

मोरङ्गको पथरीमा सम्पन्न प्रतियोगीताको प्रथम नगर स्तरिय महिला फुटवल प्रतियोगीताको उपाधी पथरीशनिश्चरेले जितेको छ ।मुना मगरले गरेको निर्णयक गोलले पथरीशनिश्चरेले प्रथम नगर स्तरिय महिला फुटवल प्रतियोगीताको उपाधी जितेको हो । मोरङ्गको पथरीमा सम्पन्न प्रतियोगीताको फाइनलमा कानेपोखरी गाँउपालिकालाइ १–० गोल अन्तरले पराजित गर्दै पथरीशनिश्चरेले उपाधी माथी कव्जा जमाएको हो ।


७ औं मिनेट मा डिएरीया वाहिरवाट मुनाले गरेको शक्तिशाली प्रहार लाइ कानेपोखरीकी किपरले ठम्याउन नसक्दा गोलमा परिणत भएको थियो । खेलको पहिलो हाफमा अग्रता वनाएको पथरीशनिश्चरे माथी कानेपोखरीले पटक पटक आक्रमण गरेपनि गोल भने गर्न सकेन ।

कानेपोखरीका खेलाडीले खेल अवधि भर पथरीशनिश्चरेलाई दबाबमा राखे पनि पथरीशनिश्चरेका बलिया डिफेन्स सामु कानेपोखरीका खेलाडी निरीह वने । दोश्रो हाफमा कानेपोखरीका खेलाडीले पाएका मौका सदुपयोग गर्न नसक्दा उपविजेतामा चित्त वुझाउनु प¥यो ।

खेलको विजेताले २५ हजार रुपैँया र ट्रफि जित्यो भने उपविजेता कानेपोखरीले १५ हजार रुपँैया र ट्रफि मा चित्त वुझायो । खेलको वुमेन अफ दि म्याच कानेपोखरीकी रेस्मा राई भइन भने पथरीशनिश्चरेकि अनिता मगर वुमेन अफ दि सिरीज घोषित भइन ।

पथरी शनिश्चरेकै पविना मगरले राइजिङ्ग प्लेयरको उपाधी जित्दा कानेपोखरीकी रमा राईले हाइ स्कोररको उपाधि जितीन । विजेता हरुलाइ पथरीशनिश्चरेका नगरप्रमुख दिलिप कुमार राईले पुरस्कार प्रदान गरे । अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको संयुक्त आयोजनामा भएको प्रतियोगितामा मोरङ्गका ६ वटा गाँउपालिका र नगरपालिकाका टिमको सहभागीता रहेको थियो ।


Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी