बहु चर्चित फुटबलरको सनसनीपूर्व समचार : रोनाल्डो होइन, मेस्सी नम्बर एक !

अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सी र पोर्चुगिज सुपरस्टार क्रिस्टीयानो रोनाल्डो मध्ये को नम्बर एक भन्ने विवाद बढेको लामो समय भयो ।

रुस विश्वक कप देखि ब्यालोन डि’ओर अवार्ड सम्म मेस्सी र रोनाल्डोबीचको होडबाजी झनै उत्कर्षमा पुग्यो । पाँच पाँच पटक ब्यालोन डि’ओर जितेका यी स्टारले भलै यसपटक ब्यालोन डि’ओर जित्न सकेनन् ।

दुबै खेलाडीका सर्मथकले यी दुई स्टारका बारेमा बयान र ब्याख्या गर्दै सामाजिक सञ्जाल खुबै रङ्गाए । लामो समय स्पेनिस ला लिगा खेलेका मेस्सीका प्रतिस्पर्धी रोनाल्डो अहिले ला लिगाबाट अलक छन् । मेस्सी बार्सिलोनामै रमाए पनि रोनाल्डो इटालियन क्लब युभेन्ट्समा जमेका छन् । तरपनि को ठूलो भन्ने होडबाजी चलिनै रहेको छ ।

सन् २०१८ मा मेस्सी र रोनाल्डोबीच को उत्कृष्ट भन्ने होडबाजी झनै उत्कर्षमा पुग्यो । बर्षको अन्त्यमा मेस्सी नम्बर १ खेलाडी भएको तथ्यले पुष्टि गरेको छ ।

बार्सिलोनाका कप्तान मेस्सी वर्ष २०१८ का सर्वाधिक गोलकर्ता बनेका छन् । गोल मेसिनको उपमा पाएका मेस्सीले यसबर्ष ब्यक्तिगत सर्वाधिक ५१ गेल गरेका छन् । उनले गरेको यो गोल देश र क्लबका लागि हो ।

कूल ५४ खेल खेलेका मेस्सीले अर्जेन्टिनाका लागि चार गोल र बार्सिलोनाका लागि ४७ गोल गरे । उनले २३ वटा गोलमा महत्वपूर्ण सहयोग गरेका थिए ।

रोनाल्डोले भने सन् २०१८ मा ब्यक्तिग ४९ गोल गरेका छन् । मेस्सीले रोनाल्डोलाई दुई गोलले पछि पारेका छन् । युभेन्ट्सले शनिबार साम्पडोरियालाई २–१ गेलले हराउँदा टोलीका लागि दुवै गोल रोनाल्डोले गरेका थिए ।

त्यही गोलले केही राहत मिलेपनि रोनाल्डोले मेस्सीलाई भेट्टाउन भने सकेनन् । रोनाल्डो यसै सिजनको सुरुमा स्पेनिस जाइन्ट किलर रियल म्याड्रिड छाडेर युभेन्टस पुगेका थिए ।

२०१८ मा युरोपियन लिग खेल्ने मेस्सीमा बाहेक अन्य कुनै पनि खेलाडीले ५० गोल पार गर्न सकेनन् । दोस्रो नम्बरमा रहेका रोनाल्डो ५० गोलको कोसेढुंगाबाट एक गोलले चुके ।

गतबर्ष तीन जना खेलाडीले ब्यक्तिगत ५० गोल कटाएका थिए । जसमा टोट्टनहामका हेरी केनले सर्वाधिक ५६, मेस्सीले ५४ र रोनाल्डोले ५३ गोल गरेका थिए ।

एजेन्सी


Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी