एक इन्स्टाग्राम पोस्टका लागि लिन्छिन् ८ करोड रुपैयाँ यी सेलिब्रेटीले

१५ पुस , अहिलेको समय भनेको इन्टरनेटको रहेको छ । सामाजिक संजालसँग अहिले धेरै जसो मानिस जोडिएका हुन्छन् ।

 

त्यसैगरि सेलिब्रेटीहरु सामाजिक संजालमा हरेक समय सक्रिय रहने गर्दछन् । सेलिब्रेटीले सामाजिक संजालमा समय मात्र नाबिताएर उनीहरुले यस मार्फत ठूलो आम्दानी पनि गर्ने गर्दछन् ।

अहिले सेलिब्रेटीहरुको लागि सामाजिक संजाल बर्माको राम्रो माध्यम बनिसकेको छ ।

हलिउड सेलिब्रेटी सेलेना गोमेज इन्स्टाग्राममा फोटो पोस्ट गरेर ठूलो कमाइ गर्नेको सूचीमा शीर्षमा पर्छिन् । उनले एउटा इन्स्टाग्राम पोस्टको ८ लाख डलर (८ करोड रुपैयाँ)सम्म चार्ज गर्छिन् ।

उनले विभिन्न ब्राण्डका कपडा तथा अन्य सामग्रीहरुसहितका फोटोहरु इन्स्टाग्राममा पोस्ट गर्छिन् र यसबापत लाखौं चार्ज गर्छिन् । यो विधि ती ब्राण्डको विज्ञापनजस्तै हो । सेलेनाका इन्स्टाग्राममा १४ करोड ४० लाख फलोअर छन् ।