अपराजित यात्रा कायमै राख्दै सिरी ए मा युभेन्टस

इटालियन जाइन्ट युभेन्टसले इटालियन सिरी ‘ए’ फुटबलमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिएको छ ।

सिरी ‘ए’ अन्तर्गत गए राति भएको खेलमा रोमालाई १–० ले पराजित गर्दै युभेन्टसले सिरी ‘ए’ मा आफ्नो अपराजित यात्रालाई १७ औं खेलसम्म लब्म्याएका छन् । यसक्रममा युभेन्टसले १६ खेलमा जित हात पार्दा एक खेलमा बराबरीको नतिजा निकालेको हो ।

घरेलु मैदान एलिआन्ज स्टेडियममा शनिबार राति भएको खेलमा युभेन्टसलाई जिताउन मारियो म्यान्जुकिचले खेलको पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । म्यान्जुकिचले ३५ औं मिनेटमा गोल गरेका थिए ।

जितपछि युभेन्टसले १७ खेलबाट ४९ अंक जोडेको छ । दोस्रो स्थानको नेपोलीसँग ८ अंकको अग्रता बनाएको छ


Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी