२०१९ को लागि भोलि आइपिएल खेलाडीको लिलामी हुने

२ पुस , टि-२० क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आइपिएल) २०१९ को लागि भोलि खेलाडीको लिलामी हुने बएको छ।

यस वर्ष भारतीय ५० र २० विदेशी गरी ७० खेलाडीमात्र किनिनेछन् । हरेक टिमले रिलिज गरेका खेलाडीको ठाउँ पूरा गर्नको लागि मात्र खेलाडी किन्न पाउनेछन् र यस वर्ष टिमको बजेट पनि सीमित हुनेछ ।

यस वर्ष फ्रेन्चाइजहरुले पूरै प्रतियोगिता अवधिभर उपलब्ध हुने खेलाडीहरुलाई प्राथमिकता दिने प्रारम्भिक अनुमान छ । अस्ट्रेलिया र इङल्याण्डले विश्वकपको प्रशिक्षणका लागि आफ्ना खेलाडीलाई चाँडै बोलाएकोले यी टिमका खेलाडी कम प्राथमिकतामा पर्न सक्छन् । ८ टिमले कुन कुन खेलाडीलाई प्राथमिकतामा राख्लान् त ? आउनुहोस् हेरौं भारतीय क्रिकेट विशेषज्ञले गरेको प्रारम्भिक अनुमान ।

राजस्थान रोयल्सः दुई वर्षको प्रतिबन्धपछि गत सिजन आइपिएलमा कमब्याक गरेको राजस्थान रोयल्स २०१८ मा प्लेअफसम्म पुगेको थियो । टिम व्यवस्थापनले अघिल्लो सिजनका कमजोरी पूरा गर्ने प्रयास गर्नेछ । रोयल्सले इङल्याण्डका बेन स्टोक्स र जोश बटलरलाई गुमाउनेछ किनकि उनीहरु मे १ देखि राष्ट्रिय टिमको प्रशिक्षणमा जाँदैछन् । रोयल्सले जयदेव उनादकटलाई रिलिज गरेको छ । यस्तोमा टिमलाई मिडिल अर्डर र फास्ट बलर आवश्यक छ । रोयल्सले भोलि ६ भारतीय र ३ विदेशी गरी ९ खेलाडी किन्न पाउँछ । मिडिल अर्डरको लागि रोयल्सले भारतीय अनक्याप्ड खेलाडीलाई प्राथमिकता दिने अनुमान छ जुन खेलाडीले घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरेका छन् । २८ वर्षे प्रियंक पांचाल। २१ वर्षका अजय रोहेरा टिमको प्राथमिकतामा पर्न सक्छन् । उनादकटलाई रिलिज गरेको राजस्थानले श्रीलंकन फास्ट बलर लासिथ मालिंगालाई पनि प्राथमिकतामा राख्न सक्छ । राजस्थानसँग खर्च गर्न मिल्ने बजेट २०.९५ करोड छ

दिल्ली क्यापिटल्सः ट्रेडिङ विन्डोबाट शिखर धवनलाई भित्र्याएको दिल्लीका लागि ओपनिङमा धवनका पार्टनर चाहिएको छ । क्यापिटल्सले भारतीइ ७ र विदेशी ३ गरी १० खेलाडी किन्न सक्छ । दिल्लीको लागि ओपनिङ ब्याट्सम्यान न्यूजिल्याण्डका ब्रेन्डन म्याकुलम हुन सक्छन् । ब्याटिङमा दिल्लीको मध्यक्रम कमजोर छ । मध्यक्रमका लागि हनुमा विहारी र मनोज तिवारी उचित विकल्प हुनेछन् । मोहम्मद शमीलाई रिलिज गरेको दिल्लीसँग फास्ट बलरको अभाव छ । अमित मिश्रा, सन्दिप लामिछाने र शहबाज नदीमजस्ता स्पिनर भएका कारण दिल्लीले पेसर खोज्नेछ । पेसका लागि दिल्लीले दक्षिण अफ्रिकी डेल स्टेनलाई किन्न सक्छ । दिल्लीसँग खर्च गर्न मिल्ने बजेट २५.५० करोड छ ।

किंग्स ११ पन्जाबः अक्षर पटेल, मार्कुस स्टोइनिस र युवराज सिंह गरी ३ अलराउण्डर रिलिज गरेको पंजाबलाई सबैभन्दा धेरै आवश्यकता अलराउण्डरको छ । इङयाण्डका साम कुरेन र श्रीलंकाका एन्जेलो म्याथ्युज यसका लागि सही विकल्प हुन सक्छन् । वेष्ट इण्डिजका जेसन होल्डर र ड्वेन स्मिथ पनि अलराउण्डरको रुपमा उपलब्ध छन् । मे १ देखि खेल्न नपाउने हुँदा साम कुरेन कम प्राथमिकतामा पर्न सक्छन् । पंजाबले ११ भारतीय र ४ विदेशी गरी १५ खेलाडी किन्न पाउँछ । पंजाबसँग खर्च गर्न मिल्ने बजेट ३६.२० करोड छ ।

मुम्बइ इण्डियन्सः आइपिएलका सबैभन्दा सफल टिममध्येको एक मुम्बइ इण्डियन्सका लागि त्यति धेरै कठिन अवस्था छेन । उसको बलिङ लगभग सबैतिरबाट मजबुत छ । उसको ब्याटिङ मात्र धेरै मात्रामा कप्तान रोहित शर्मामाथि निर्भर छ । मुम्बइले ब्याटिङ मजबुत बनाउन केही खेलाडी किन्न सक्छ । उसले भारतीय ६ र विदेशी १ गरी ७ खेलाडी किन्न पाउँछ । कोलिन इन्ग्राम, ऋद्धिमन साहा, युवराज सिंह मुम्बइको रोजाइमा पर्न सक्छन् । मुम्बइसँग खर्च गर्न मिल्ने बजेट ११.१५ करोड छ ।

कोलकाता नाइटराइडर्सः अघिल्लो वर्ष युवा खेलाडीमाथि ठूलो लगानी गरेको कोलकाताले यस वर्ष केही अनुभवी खेलाडी रोज्न सक्छ । कोलकाता क्यारेबियन खेलाडी आन्द्रे रसेल र सुनिल नारायणमाथि धेरै निर्भर छ । टिमले यो अक्सनमा भारतीय अलराउण्डर र पेसर किन् सम्भावना बलियो छ । कोलकाताले भारतीय ७ र विदेशी ५ गरी १२ खेलाडी किन्न पाउँछ । कोलकाताले अलराउण्डरको रुपमा अक्षर पटेलमाथि लगानी गर्ने सम्भावना बलियो छ । मिचेल स्टार्कलाई रिलिज गरेको कोलकाताले पेसरको लागि इशान्त शर्माको पछिल्लो फर्म हेर्दै उनीमाथि लगानी गर्ने सम्भावना बलियो छ। कोलकातासँग खर्च गर्न मिल्ने बजेट १५.२० करोड छ ।

सनराइजर्स हैदराबादः हैदराबादका लागि यो सिजनमा डेभिड वार्नर फर्कदैछन् । ओपनर शिखर धवन दिल्लीलाई बेचेको हैदराबादले ओपनिङ ब्याट्सम्यान खोज्नेछ । हैदराबादले भारतीय ३ र विदेशी २ गरी ५ खेलाडी किन्न पाउँछ । हैदराबादले ओपनिङका लागि वेष्ट इण्डिजका सिमरन हेटमेयर र न्यूजिल्याण्डका मार्टिन गप्टिनलाई प्राथमिकतामा राख्न सक्छ । हैदराबादसँग खर्च गर्न मिल्ने बजेट ९.७० करोड छ ।

चेन्नाइ सुपर किंग्सः चेन्नइ यो वर्षको अक्सनमा जानुभन्दा पहिल्यै पूरै सेट भइसकेको टिम छ । साविक विजेताले अघिल्लो सिजनमा खेल्दै नखेलेका खेलाडी मात्र रिलिज गरेको छ । अघिल्लो सिजन उपाधि जिताउन खेलेका सबै खेलाडी टिममै छन् । चेन्नाइसँग २ भारतीय खेलाडी मात्र किन्ने ठाउँ छ । यसका लागि भारतका सबैभन्दा सफल र अनुभवी कप्तान महेन्द्र सिंह धोनीले नयाँ प्रतिभालाई परीक्षण गर्न सक्छन् । चेन्नाइसँग खर्च गर्न मिल्ने बजेट ८.४० करोड छ ।

रोयल च्यालेन्जर्स बैंगलोरः भारतीय कप्तान विराट कोहलीको टिम बैंगलोर बलियो भएर पनि असफल टिम हो । ब्याटिङका लागि यो टिममा दुई मात्रै भरपर्दा नाम छन् विराट कोहली र एबि डिभिलियर्स । बैंगलोरले यस वर्ष क्यारेबियन ब्याट्सम्यान सिमरन हेटमेयर र भारतीय ब्याट्सम्यान हनुमा विहारीलाई प््राथमिकतामा राख्न सक्छ । बैंगलोरले यो सिजनमा भारतीइ ८ र विदेशी २ गरी १० खेलाडी किन्न सक्छ । बैंगलोरसँग खर्च गर्न मिल्ने बजेट १८.१५ करोड छ ।


Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी