फेसबुक त के आफु माथि सामाजिक संजालको छाया समेत पर्न नदिने यी बलिउड कलाकारहरु

३१ असोज , अहिलेको समय भनेको सामाजिक संजालसंग नजोडिएको सायदै कोहि हुन्छन् । सामाजिक संजालको प्रयोग बाट राम्रो गर्नुका साथै नराम्रो गर्नेहरुको पनि लर्को लागेका छन् ।

अहिले सामाजिक संजाल र सेलिब्रेटिज पनि एकअर्का बिना अपुरो जस्तै छन् धेरैजसो कलाकार सामाजिक संजाल मार्फत आफ्ना फ्यान र सुभचिन्तकहरु संग कनेक्ट भैरहेका हुन्छन ।आफ्ना सुभचिन्तकहरु संग सम्बन्ध बनाइरहेका हुन्छन् ।

तर बलिउडका केहि यस्ता कलाकारहरु पनि छन् जसले सामाजिक संजाल फेसबुक, ट्विटर , इन्स्टाग्रम चलाउनु त के सामाजिक संजालको छायामा पनि पर्दैनन् ।

१।रानी मुखर्जी – चर्चित अभिनेत्री रानी मुखर्जी पनि सामाजिक संजालको प्रयोग गर्दिनन् । किनकि उनका पति चाहन्छन् कि उनीहरुको परिवार पब्लिकको नजरबाट टाढा रहोस । यसैकारण रानीको फेसबुक एकाउन्ट समेत छैन ।

२। सैफ अलि खान –अभिनेता सैफ अलि खान पनि सामाजिक संजाल बाट दुर छन् । उनि फेसबुक टुइटर , इन्स्टग्राम , स्न्यपच्याट लगाएत कुनैपनि सामाजिक संजालको पयोग गर्दैनन् । तर कपूर परिवारको पारिवारिक कार्यक्रमका तस्बिरबाटै भएपनि बेलाबेलामा उनको तस्बिर सामाजिक संजालमा देख्न सकिन्छ ।

३।विद्या बालन – नायिका विद्या बालन पनि फेसबुक नचलाउने स्टार्समा पर्दछिन तर फेसबुक नचलाएता पनि उनि इन्स्टाग्रम , ट्वीटर लगायतका अन्य सामाजिक संजालमा भने सक्रिय छिन् ।

४।रणबिर कपुर- संजु’ अभिनेता रणबिर कपुर फेसबुक चलाउदैनन भन्दा तपाइंलाई अचम्म लाग्ला तर यो सहि हो । उनको परिवार नै सामाजिक संजालमा सक्रिय भएपनि रणबिर भने यसबाट टाढै रहन रुचाउछन् ।

५। ऐश्वर्या राय – पूर्व मिस वर्ल्ड तथा चर्चित अभिनेत्री ऐस्वर्या राय बच्चन सामाजिक संजालको प्रयोग गर्दिनन्। जहा उनका पति अभिषेक र ससुरा अमिताभ भने सामाजिक संजालमा निकै सक्रिय देखिन्छन । हुन सक्छ ऐश्वर्य आफ्ना दैनिकी प्राइभेट राख्न चाहन्छिन। तर हालैमा भने उनले इन्स्टा अकाउण्ट खोलेकी छन् ।