११ पल्ट मात्रै नेपालले ब्याट घुमाएर चीनलाई धुलो चटायो, तर ११ पल्टमा यस्तो भयो कि नेपाली क्रिकेट फ्यान खुसी हुन सकेनन्

दोस्रो पटक टी-२० विश्वकप खेल्ने लक्ष्य बोकेको नेपाली क्रिकेट टिम अहिले मलेसियामा छ । २०१४ को टी-२० विश्वकप खेलेको नेपाल २०१४ को विश्वकप छनौटमा पुग्न सकेन ।

यसपटक विश्वकप खेल्ने सपना लिएर नेपाल विश्वकपको ‘एसिया क्वालिफायर ग्रुप बी’ अन्तर्गत खेलहरु खेलिरहेको छ ।

चीन माथि भारी नेपाल

आज नेपालले जम्मा ११ पल्ट ब्याट घुमाएर चीनले दिएको लक्ष्य भेटेको छ ।

आज ‘एसिया क्वालिफायर ग्रुप बी’ अन्तर्गत भएको खेलमा नेपालले चीनसँग प्रतिष्पर्धा गरेको हो । टस जितेर बलिङ रोजेको नेपालले चीनलाई सस्तैमा समेट्यो ।

पहिले ब्याटिङ गरेको चीनले १२.६ ओभरमा अलआउट हुँदै जम्मा २६ रन मात्रै बनाउँन सक्यो । चीनका एक खेलाडी हङ जियाङ यानले मात्रै दुई अंकमा रन बनाउँन सके । उनले २७ बल खेल्दै १ चौका सहित ११ रन बनाए । चिनका अरु कुनै पनि खेलाडीले दोहोर अंकको रन बनाउँन सकेनन् ।

कसिलो बलिङ गरेको नेपालका सामू चीनका ७ जना खेलाडीहरु शुन्यमा आउट भएका थिए भने २ जनाले १ रन मात्रै बनाउँन सके ।

नेपालका वसन्त रेग्मी, ललित भण्डारी र सन्दिप लामिछानेले समान तिन तिन विकेट लिए ।

२७ रनको लक्ष्य लिएर ब्याटिङ गरेको नेपालका लागि ओपनिङमा विनोद भण्डारी र प्रदिप सिंह ऐरी थिए । उनीहरुले ११ बल खेल्दै नेपाललाई जित दिलाए ।

११ बलमा विनोद भण्डारीले ८ बल खेले जसमा उनले ३ चौका र १ छक्काको मद्दतमा २४ रन बनाए । ३ बल खेलेका प्रदिप ऐरीले ३ बल खेल्दै ४ रन बनाए ।

हेर्नुहोस् टाइमलाइनमा यस्तो देखियो नेपालको ब्याटिङ

यो टाइमलाइन हामीले इएसपिएनक्रिकइन्फो डट कमबाट साभार गरेका हौँ ।

तर खुसी छैन नेपाली क्रिकेट

नेपालले ‘एसिया क्वालिफायर ग्रुप बी’ अन्तर्गत नेपाल यस्तो प्रतियोगिता खेल्दैछ, जहाँ क्रिकेटका सिकारु देशहरु समेत सहभागी छन् ।

प्रतियोगितामा नेपालले अहिलेसम्म ५ खेल खेल्यो र शतप्रतिशत जित निकाल्यो । सबै खेलमा विशाल अन्तरका साथ । तर, यसमा पनि नेपाल क्रिकेटप्रेमीहरुले गर्व गर्न सकिरहेका छैनन् किनकी प्रतिद्वन्द्वीहरु नेपालभन्दा निकै तल्लो स्तरका हुन् ।

थाइल्यान्ड, म्यानमार, चीन र भुटानविरुद्ध नेपालको खेल औपचारिकता मात्रै थियो । उनीहरु सबैलाई नेपालले सहज रुपमा पराजित गर्‍यो । तर, यी सिकारु टिमहरुविरुद्धको प्रतिस्पर्धामा पनि नेपालको कमजोरी छचल्किएको छ ।

म्यानमारको विरुद्धमा नेपाल

म्यानमारविरुद्धको पहिलो खेल हेर्ने हो भने म्यानमार त्यही टोली हो, जसलाई विगतमा नेपालले १० रनमा अलआउट गरेको थियो र दुई बलमा लक्ष्य भेट्टाएको थियो ।

यसपाली पनि म्यानमारको स्तर खासै उँभो लागेको छैन, जबकी नेपाल निकै माथि उक्लिसकेको छ तर यसपटक उसले २९ रन जोड्यो भने नेपालले त्यति रन भेट्टाउँन पनि २ विकेट गुमाउँनु पर्यो ।

टस हारेर बलिङ रोजेको म्यानमारविरुद्ध नेपालले सुरुमा फास्ट बलरहरु करण केसी र ललित भण्डारी प्रयोग गर्‍यो । तर, उनीहरु ब्याट्सम्यानमाथि सोचेजस्तो हावी हुन सकेनन् । त्यसपछि नेपाली कप्तान पारस खड्का स्पिनरहरु ल्याउन बाध्य भए ।

थाइल्यान्ड विरुद्धमा नेपाल

थाइल्यान्डविरुद्ध पहिलो ब्याटिङ गर्दै नेपालले एक सय ७२ रनको स्कोर खडा गर्‍यो । तर, त्यो म्याचमा पनि नेपाली ब्याट्सम्यानहरुले खुलेर खेल्न सकेको देखिएन ।

कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लको समेत ब्याट चलेन । करण केसीले अन्त्यतिर ठूला सटहरु नखेलेको भए नेपाल डेढ सयभित्रै समेटिन सक्थ्यो ।

मलेसियाको विरुद्धमा नेपाल

मलेसियाविरुद्धको खेलमा नेपालले १ सय १ रनको लक्ष्य पाएको थियो । सो म्याचमा पनि ओपनरहरु असफल भए र नेपाललाई जितसम्म पुर्‍याउने जिम्मेवारी पारस खड्का र ज्ञानेन्द्र मल्लको काँधमा आयो ।

भुटान विरुद्धमा नेपाल

भूटानविरुद्धको खेलमा नेपालले पहिलो ब्याटिङ गर्ने मौका पायो, तर विशाल स्कोर खडा गर्न चुक्यो ।

भुटानविरुद्धको बलिङमा नेपालले एक जना पनि फास्ट बलर उतारेन । एक जना मात्र विशेषज्ञ फास्ट बलर टिममा थिए, करण केसी तर उनले एक बल पनि फ्याँक्न पाएनन् ।

नेपालको अफ्ठ्यारो

टस हारेर बलिङ रोजेको म्यानमारविरुद्ध नेपालले सुरुमा फास्ट बलरहरु करण केसी र ललित भण्डारी प्रयोग गर्‍यो । तर, उनीहरु ब्याट्सम्यानमाथि सोचेजस्तो हावी हुन सकेनन् । त्यसपछि नेपाली कप्तान पारस खड्का स्पिनरहरु ल्याउन बाध्य भए ।

म्यानमारविरुद्ध ३० रनको लक्ष्य भेट्टाउने क्रममा नेपालले दुई विकेट गुमाउन पुग्नु अर्को लज्जाको विषय रह्यो । प्रदिप ऐरीले खाता खोल्नै सकेनन् भने अनिल शाह पनि सस्तैमा पेभिलियन फर्किए । एउटा निरिह टिमविरुद्ध पनि नेपालका ब्याट्सम्यानहरुले काँपेर खेलेको देखियो ।

मलेसियाविरुद्धको खेलमा पनि ओपनरहरु असफल भए र नेपाललाई जितसम्म पुर्‍याउने जिम्मेवारी पारस खड्का र ज्ञानेन्द्र मल्लको काँधमा आयो ।

भुटानविरुद्धको बलिङमा नेपालले एक जना पनि फास्ट बलर उतारेन । एक जना मात्र विशेषज्ञ फास्ट बलर टिममा थिए, करण केसी तर उनले एक बल पनि फ्याँक्न पाएनन् ।

कमजोर टिमले पुरै २० ओभर खेल्न नसक्ने भएकाले स्पिनर काफी होलान्, तर बलियो टिमको फेला पर्दा फास्ट बलर प्रयोग नगरी सुख हुन्न । त्यस्तो बेला नेपाल समस्यामा पर्न सक्ने प्रष्ट देखिएको छ । विगतका खेलहरु हेर्दा फास्ट बलिङमा कप्तानको भरोसा नरहेको बुझ्न सकिन्थ्यो ।

नेपालले यसपाली टी-२० विश्वकप खेल्ला त ? तपाईलाई के लाग्छ ? कमेन्ट गर्नुहोला ।


Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी