नेपालमै यस्तो – प्रहरीबाट बच्न जोगी बनेर घुम्ने रहेछन् बैंकका यी सिइओ जो महिनामा नै लाखौँ तलब लिन्थे

चलचित्रहरुमा देखिएको घटना आमजीवनमा भए अचम्म बन्छ । त्यस्तै अचम्मको घटना नेपालमै भएको छ । बैंकका एकजना सिइओ जो महिनामा लाखौँ तलब बुझ्ने गर्थे, उनी अहिले प्रहरीसँग बच्न जोगी भएर हिड्दा रहेछन् । उनको पक्राउ भए पछि यो अचम्मको खबर बाहिरिएको छ ।

एक समयका सेलेब्रिटी बैंकर थिए कमल ज्ञवाली । ‘क’ वर्गको वाणिज्य बैंक किस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रहेका उनी टप बैंकरमा गनिन्थे ।

सामान्य शिक्षकबाट केही वर्षमै वाणिज्य बैंकको सिइओ बनेका उनको सफलता अस्वाभाविक लाग्ने खालको थियो । तर, सफलता लामो समय टिक्न सकेन । बैंकमा भएको किर्ते कामको अनुसन्धान सुरु भएलगत्तै ५ वर्षअघि उनी फरार भए । उनको संलग्नतामा बैंकमा करोडौँ घोटाला भएको खुल्दै गयो । आजको नयाँ पत्रिकामा समाचार छ ।

फरार भएलगत्तै प्रहरी उनको पछि लागेको थियो । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली निरन्तर उनको खोजीमा थियो । तर, कुनै ‘क्लु’ पाउन सकेको थिएन । लामो समय प्रहरीलाई छक्याउन सफल भएका ज्ञवाली बिहीबार भारतको उत्तर प्रदेशको मथुरानजिकै वृन्दावनको आश्रममा भेटिए, त्यो पनि जोगीको आवरणमा ।

प्रहरीलाई झुक्याउन ज्ञवालीले जोगीको भेष धारण गरेका थिए । ‘त्यहाँ पूरै जोगीका रूपमा उनको पहिचान थियो,’ पक्राउ गर्न गएका अपराध महाशाखाका एक अधिकारीले नयाँ पत्रिकासँग भने, ‘प्रहरीलाई छक्याउन नै उनले यस्तो हुलिया बनाएको हुनुपर्छ ।’ उनी अन्य जोगीहरूसँगै बसिरहेका थिए । लामो टुप्पी पालेका उनलाई ठम्याउन सुरुमा त प्रहरीलाई गाह्रो भयो ।

तर, सम्पूर्ण सूचना लिएर भारतीय प्रहरीसँगको समन्वयमा त्यहाँ पुगेको महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरी छाड्यो । शुक्रबार नेपाल ल्याएपछि प्रहरीले अदालतमा पेस गर्यो । अदालतको आदेशपछि उनलाई कैद भुक्तान गर्न जेल चलान गरियो ।

अपराध गरे पछि जे सुकै भेष बदले पनि नबच्ने रहेछन् भन्ने राम्रो उदाहरण बनेको छ यो घटना ।


Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी