खसी, खसिनी नखानु भन्दै रुँदै भिडियो बनाउँने आशिकाको नदेखिएको पाटो यस्तो छ

“यो मासु कसको हो ? खसी कि खसिनीको ? यसका बालबच्चा र परिवार थियो कि थिएन ?” मोरङका नरोत्तम पौडेलले साउदीबाट आफ्नो साथीको फेसबुक फोटोमा कमेन्ट गरे ।

“अब मासु खान पनि मासुको तिन पुस्ते निकाल्नु पर्ने भो । मान्छेका दुख पनि कस्ता कस्ता !” उनले इमोजी सहित जवाफ फर्काए ।

यो कमेन्ट र त्यसमा आएको जवाफ हो, फेसबुकमा मासुको परिकार राखेका विनोद गुरागाइँको स्टाटसमा ।

अहिले सामाजिक सञ्जालमा खसी खसिनी जस्तै कुखुरा कुखुर्नीहरु जस्ता शब्दहरु भाइरल भइरहेका छन् । दशैँ नजिकिदै गरेका बेला यस्ता शब्दहरु एकाएक सामाजिक सञ्जालमा चर्चित बनेँ । यसको कारण आशिका तामाङ हुन् ।

यसरी जन्म भयो ‘खसिनी’ शब्दको

जर्मनीमा बस्दै गरेकी आशिका तामाङले दशैंमा काटिने पशुहरुको पक्षमा वकालत गर्दै ‘खसिनी’ भन्ने शब्दको जन्म दिएकी हुन् । नेपालीमा खसिनी भन्ने शब्दले कुनै पनि जनावारलाई जनाउँदैन तर भिडियोमा अस्वभाविक भावुक देखिएकी उनी भन्छिन्, “मासु खानुहोस, तर खसी-खसिनी नमार्नुहोला ।”

फेसबुकमा चर्चित बनेको उनको भिडियो खासमा उनले टिकटकमा बनाएकी हुन् । उक्त भिडियोमा उनी मासुका लागि कुनै पनि जनावरको हत्या नगर्नु भन्दै क्वाँ क्वाँ नै रोएकी छिन् ।

भिडियोमा उनले प्रयोग गर्ने शब्दहरु तथा उनले भनेका वाक्यहरुलाई मानिसहरुले मजाकमा उडाएका छन् । उनी भन्छिन्, “मासु खानु होस् तर मारेर होइन ।” यसको अर्थ जिउँदै जनावरको मासु खानु भन्ने अर्थ लगाउँदै मजाक बनाउँनेहरुको पनि संख्या ठुलै देखिएको छ ।

उनले ‘मारे पनि घरवारबिहिनलाई मात्र मार्नुहोला ।’ र ‘अर्काको घरबार बिगारेर मासु नखानुहोला ।’ भनेपछि मानिसहरुले यसको पनि खिल्ली उडाएका छन् ।

करिब ४ मिनेटको यो भिडियोमा उनी अस्वभाविकरुपमा भावुक बनेकी छन् । कतिपयले यसलाई भाइरल हुनका लागि गरेको नौटङ्कीसमेत ठानेका छन् भने धेरैले चाहि उनको ‘निर्दोषिता’ प्रति आश्चर्य व्यक्त गरेका छन् । साथै यति अञ्जान युवती को हुन् भन्ने खुल्दुली पनि धेरैलाई पैदा भएको छ ।

को हुन् त आशिका तामाङ ?

आशिका पेसाले स्टाफ नर्स हुन् । उनी अहिले जर्मनीमा बस्छिन् । उनको परिचय भने यतिमा मात्रै टुंगिदैन । उनी विवाहित हुन् र एउटा छोरा पनि छन् । पशुवध नगर्न आग्रह गरे पनि उनी सम्भवतः भेजिटेरियन भने होइनन् किनकी उनले मासु खाँदै गरेको फोटो पनि फेसबुकमा आएका छन् । उनको फेसबुकमा भएको पोस्ट भनेर सेयर भएको फोटो तल हेर्नुहोस् ।

उनी नेपाली चलचित्रकी नायिका पनि हुन् । आर्यन सिग्देलसँग जोडी भएर उनले एउटा नेपाली चलचित्रमा पनि खेलेकी छन् ।

केही वर्ष अगाडि आएको फिल्म ‘सुश्री’ मा उनी आर्यन सिग्देलको अपोजिटमा थिइन् । यो चलचित्र राम्रै भए पनि व्यवसायिकरुपमा सफल भएन । यो चलचित्र ‘आशिका फिल्म्स प्राली’ कै ब्यानरमा बनेको थियो ।

युट्युबमा राम्रै भ्यु पाएको सुश्री फिल्मले केहि दिनदेखि थप भ्यु पाइरहेको छ ।

माथिको तस्विरहरु आशिका तामाङको फेसबुकबाट लिइएको हो ।


Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी