कोस्टारिकामा विद्यावारिधी उपाधी ! नेपाल देशको प्रधानमन्त्रीलाई कि केपी शर्मा ओलीलाई ?

उत्तर अमेरिकी देश कोस्टारिकाको राजकिय भ्रमणमा रहेका प्रधानमन्त्री र नेकपा अध्यक्ष केपि शर्मा ओलिलाई कोस्टारिका सरकारले ‘एन युनिभर्सिटी फर पिस’ (सानोजोसे) मा ‘डाक्टर होनोरिस कोसा डिग्री’ अर्थात मानार्थ विद्यावारिधी (PHD) प्रदान गरेको छ ।

यो मानार्थ पिएचडीसँगै केपी शर्मा ओलीसँग ३ वटा मानार्थ पिएचडी भएका छन् । र, उनले पाएका पिएचडीहरुप्रति गौरव गर्ने र व्यंग्य गर्नेहरुको संख्या पनि बढेको छ ।

वास्तवमा के कसरी केपी ओलीले मानार्थ विद्यावारिधी पाए ? उनले यति धेरै र भर्खरै कोस्टारिकामा पनि मानार्थ विद्यावारिधी पाउँनुको कारण के हो ? यसबारे मदनराज सिग्देलले आफ्नो विचार प्रस्तुत गरेका छन् ।

उनी भन्छन्, “यो मेरो व्यक्तिगत विचार हो । यसमा सहमत वा असहमत हुन र प्रतिक्रिया दिन सबै जना स्वतन्त्र हुनुहुन्छ ।”

नेपाली संसदिय इतिहास कै सर्वाधिक शक्तिशाली प्रधानमन्त्री र नेकपा अध्यक्ष केपि शर्मा ओलिलाई कोस्टारिका सरकारले ‘एन युनिभर्सिटी फर पिस’ (सानोजोसे) मा ‘डाक्टर होनोरिस कोसा डिग्री’ अर्थात मानार्थ विद्यावारिधी (PHD) प्रदान गरेको छ । र, नेपालमा यसले एउटा भिन्दै तरंग सिर्जना गरेको छ पनि ।

कतै उपाधी पाएकामा प्रधानमन्त्रीको मजाक बनाइएको छ भने, कतै यसले नेपाल र नेपालीको शिर उँचो बनाएको भन्दै प्रधानमन्त्रीको प्रशंसाका शब्दहरु छताछुल्ल बनाइएका छन् सामाजिक संजालहरुमा । संगै यसले एउटा बहस सिर्जित गरेको छ ।

यो उपाधी कोस्टारिकाले नेपाल देशको प्रधानमन्त्रीलाई दिएको हो कि फगत केपी शर्मा ओलीलाई ?

कोस्टारिका सरकारले ‘एन युनिभर्सिटी फर पिस’ मा नेपाल देशको ओनगोइङ प्राइममिनिस्टरलाई, स्टेट भिजिटका क्रममा यो (डाक्टर होनोरेस कोसा डिग्री) अर्थात् मानार्थ विद्यावारिधी उपाधी दिइएको हो । अहिले पात्रगत रुपमा नेपाल देशको प्रधानमन्त्री पदमा ओली बहाल छन् ।

अब यसलाई यसरी हेरौं ।

तत्कालीन भारतीय राष्ट्रपति प्रणव मुर्खर्जी नेपाल आउँदा काठमाडौं विश्वविद्यालयले मानार्थ विद्यावारिधीको उपाधी दियो । प्रश्न उब्जन्छ, मुखर्जी राष्ट्रपति बहाल नहुदै आएको भए दिन्थ्यो होला काठमाडौं विश्वबिद्यालयले पिएचडी उपाधी मुखर्जीलाई ?

र, आज रामनाथ कोबिन्द आउँदा पनि दिन्छ होला?

यो नितान्त मेरो बुझाइ हो, हाइपोक्रेसी भन्दिन सकिन्छ । अहँ, मुखर्जी राष्ट्रपति बहाल नहुदै आएको भए दिन्थ्यो होला काठमाडौं विश्वबिद्यालयले पिएचडी उपाधी दिन्थेन । र अहिले रामनाथ कोबिन्द आउँदैमा पनि दिन्न ।

यस्ता उपाधीहरु तत्कालिक अवस्थाको विश्लेषण गरेर व्यक्तिको उचाइ र क्षमताको मुल्यांकन गरेर मात्रै दिइन्छ । हचुवाको भरमा दिइदैन पक्कै ।

जस्तो झमक घिमिरे लाई मानर्थ विद्याबारिधी मदन पुरस्कार थापेपछी मात्रै दिइयो । प्रणव मुखर्जी राष्ट्रपति हुनु पुर्व दशौं पटक नेपाल आएथे होलान्, अस्ति मात्रै उनलाई सम्मान दिइयो । प्रधानमन्त्री ओली पनि सय पटक भारत गएका होलान् तर उनलाई पनि अस्ति भर्खर मात्रै दिइयो ।

आज विश्वले नियाल्दा, देशभित्र हामीलाई जस्तो लागेको भए पनि, ओलि युगपुरुष हुन् । नेपाल देशको भाग्यविधाता हुन्, स्वप्नद्रष्ट्रा हुन् ।

लेखक

विश्वभरबाट लोपोन्मुख कम्युनिस्ट आन्दोलनको ह्विम इतिहास मै सर्वाधिक उठाउन सक्नु, त्यो पनि नेपाल जस्तो देशमा, विश्वकै ठूलो मानिएको सामाजिक लोकतान्त्रिक देशको नाकै मुनि । यो कम उपलब्धी हो ?

लड्ने हैन, लडेर र भिडेर होइन, २१औं शताब्दीमा अडेर, मात्रै स्वाधीनता र स्वाभिमानको रक्षा गर्न सकिन्छ भन्ने गर्बिलो नजिर स्थापित गरिदिनु । विश्वभरबाट करिव अस्विकृत कम्युनिजम को उभाँर नेपालमा जगाइदिनु र, ६४% करिव सिट एक्लै कब्जा गर्नु, र त्यो पार्टीको अध्यक्ष रहनु ।

संसदको ७८% सांसदको समर्थनमा बनेको सरकारको नेतृत्व गर्नु । त्यो सरकारको नीति तथा कार्यक्रममा, संसद भित्र एउटै सांसदले फरक मत राखेर त्यसको विपक्षमा म छु भन्ने स्थिति हुन नदिनु, अर्थात् राष्ट्रिय संसद यानिकी प्रतिनिधि सभाको १००% समर्थन प्राप्त गर्नु ।

यो विश्वले देखेको डायनामिज्म हो, ओलीको ।

यहाँ, ओली मात्रै हुन्थ्यो भने पनि मानार्थ पिएचडी दिइने थिइएन र, नेपालको प्रधानमन्त्री कोही अमुक पात्र भएका भए पनि पाउने हैसियत राख्ने थिएनन् ।

यसर्थ, यो उपाधी नेपाल देशको बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइएको हो ।



Comments

Comments are closed.

Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी