तपाईको आज कस्तो छ ? असोज १२, २०७५ शुक्रबार तथा २८, सेप्टेम्बर २०१८ को राशिफल

सूर्यशौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

पञ्चाङ्ग : सूर्य दक्षिणायन,शरद ऋतु,विरोधकृत नाम सम्वतसर,श्रीशाके १९४०,सम्वत २०७५ साल आश्विन १२ गते शुक्रवार नेपाल सम्बत ११३८ ञलागा,सन् २०१८ सेप्टेम्बर २८ तारिक कृष्णपक्ष तृतीया तिथि विहान ८ वजेर ११ मिनेटसम्म उप्रान्त चौथी तिथि,भरुणी नक्षत्र राती२ वजेर ५८ मिनेटसम्म उप्रान्त कृतिका,हर्षणयोग,भद्राकरण,आनन्दादियोग मुद्गर,सूर्य कन्या राशीमा,चन्द्रमा मेष राशीमा ।चतुर्थी श्राद्ध भोली पञ्चमी श्राद्ध ।

मुहूर्त : राहुकालः–अशुभ विहान १०÷२५वजेबाट ११÷५४ वजेसम्म रहनेछ,अशुभ यमघण्टायोगः–अपरान्ह २÷५३ वजेबाट ४÷२३ वजेसम्म रहनेछ । गुली कालः–सामान्य विहान७÷२५ वजेबाट ८÷५५ वजेसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ विहान ८÷१९ वजेबाट ९÷७ वजेसम्म र मध्यान्ह १२÷१८ वजेबाट अपरान्ह १÷६ वजेसम्म रहनेछ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷३० वजेबाट मध्यान्ह १२÷१८ वजेसम्म रहनेछ ।

दिन बारवेला : सूर्योदय कालबाट प्रातः ७ वजेर २४ मिनेटसम्म चर वेला, ७ वजेर २४मिनेटबाट ८ वजेर ५४मिनेटसम्म लाभ वेला,८ वजेर ५४मिनेटबाट १० वजेर २३मिनेटसम्म अमृत वेला,१० वजेर २३मिनेटबाट ११ वजेर ५३मिनेटसम्म काल वेला,११ वजेर ५३मिनेटबाट १ वजेर २३मिनेटसम्म शुभ वेला,१ वजेर २३ मिनेटबाट २ वजेर ५२मिनेटसम्म रोग वेला,२ वजेर ५२मिनेटबाट ४ वजेर २२मिनेटसम्म उद्वेग वेला र ४ वजेर २२मिनेटबाट सूर्यास्त कालसम्म चर वेला रहनेछ ।

रात्री बारवेला : सूर्यास्त कालबाट ७ वजेर २३मिनेटसम्म रोग वेला,७वजेर २३ मिनेटबाट ८ वजेर ५३मिनेटसम्म काल वेला,८ वजेर ५३मिनेटबाट १०वजेर २४ मिनेटसम्म लाभ वेला, १० वजेर २४ मिनेटबाट ११ वजेर ५४मिनेटसम्म उद्वेग वेला,११वजेर ५४मिनेटबाट १वजेर २५मिनेटसम्म शुभ वेला,१वजेर २५मिनटबाट २ वजेर ५५मिनेटसम्म अमृत वेला,२ वजेर ५५ मिनेटबाट ४वजेर २६मिनेटसम्म चर र ४वजेर २६ मिनेटबाट सूर्योदय कालसम्म रोग वेला रहनेछ ।

राशी अनुसार तपाइको आजको दिन यस्तो हुनेछ ।

मेषः– परिवर्तित परिस्थितिलाई वुझेर काम गर्न सके उपलब्धि राम्रै हात लाग्नेछ । समस्याको पहिचान गरेर मात्र समाधानमा लाग्नु होला । कार्य क्षमतामा कुनै कमि आउने छैन । व्यापार व्यवसायमा प्रगति हुनेछ । गीत संगितमा अभिरुची बढ्नेछ ।

वृषः– काममा सहजीकरण अझै हुने देखिन्न । काम गरेर जश कमै पाईनेछ । व्यापार व्यवसायबाट मुनाफा अनुसारको प्रतिफल मिल्ने छैन । काम गर्दा आत्म विश्वासको कमि हुनेछ । विरोधीको सक्रियताले काममा असर पर्न सक्छ । आफन्तले पराईको व्यवहार गर्ने छन् ।

मिथुनः– उपलब्धिको संरक्षण गर्न गाह्रो हुनेछ । मुद्धा मामिलामा विजय हात लाग्नेछ । लगनाी अनुसारको व्यापार व्यवसायबाट आम्दानी हुनेछ । आफन्तजनबाट सहयोग मिल्नेछ । काममा ढिला सुस्ति गर्दा अवसर फुत्किनेछ । तर आज गरेका काम अधिकाँश सफल हुनेछन् ।

कर्कटः– काममा सोचे भन्दा धेरै राम्रो हुनेछ । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट आय आर्जन हुनेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ । भौतिक सम्पतिमा वृद्धि हुनेछ । मनमा सुख,शान्ति मिल्नेछ । साथी भाईको सहयोग पाईनेछ । गीत,संगित तथा कला सहित्यमा अभिरुची बढ्नेछ ।

सिंहः– कार्य लगनशिलता बढ्नेछ । अबरुद्ध कामले विस्तारै गति लिनेछ । स्त्री जातिबाट सहयोग मिल्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । श्रृङ्गारिक तथा सौन्दर्य प्रशोधन जस्ता कामबाट लाभान्वित हुनुहुनेछ । धार्मिक आस्था र विश्वास बढ्नेछ । कुरा भन्दा काममा जोड दिनुहोला ।

कन्याः– समयमा अझै सुधार आउने देखिन्न । कहि कतैबाट इज्जत प्रतिष्ठामा आच आउने काम हुनसक्छ । राजनीति औजार प्रयोग गरेर तपाईलाई दुःख दिन सक्छन् । व्यापार व्यवसायमा अवनति हुनेछ । देखिएका सम्भावना क्षिण भएर जानेछन् । काम गर्र्न स्वास्थ्यले पनि कम साथ दिनेछ ।

तुलाः– सामान्यतया दिन अनुकुल नै देखिन्छ काममा ढिला सुस्ति नगरि अगाडि बढ्नु होला । व्यापार व्यवसायमा नयाँ सम्भावना देखा पर्ने छन् । वैदेशिक यात्राको सम्भावना देखिन्छ । विपरित लिङ्गिबाट सहयोग मिल्नेछ । मान्य जनको सहयोग मिल्नेछ भने समाजमा तपाईको वौद्धिकताको कदर हुनेछ ।

वृश्चिकः– सवैलाई विश्वासमा लिएर काम गर्छु भन्यो भने उपलब्धि गुमाउनु पर्नेछ । काममा सहयोग गर्ने भन्दा खुट्टो तान्ने बढि हुनेछन् । संघर्षबाट सफलताको शिखर चढ्न पाईनेछ ।परिश्रमको अन्तिम परिणाम सुखद रहनेछ । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ ।

धनुः– दयाँ मायाँमा कुनै काम हुने छैनन । समस्याबाट नतर्सि अगाडि बढ्नु भयो भने मात्र मिशनमा पुग्न सक्नु हुनेछ । आर्थिक प्रलोभनमा परेर वाह्य व्यक्तिसँग कुनै काम नगर्नु होला । स्पष्ट वोल्दा आफैलाई नोक्सना हुने भएकोले आर्थिक करोवार र वोलिलाई धान्नु पर्ने देखिन्छ । व्यापार व्यवसायमा उतार चढाव आई रहनेछ ।

मकरः– कामको विचमा विचार परिवर्तन गर्दा उपलब्धि गुमाउनु पर्नेछ । पारिवारिक खर्च बृद्धि हुन सक्छ । काम गर्ने जोश जागर घट्नेछ । तपाईको सहयोगको कुनै मुल्याङ्कन हुने छैन । लगानीमा धेरै जोड नदिनु होला । इच्छा र आकाँक्षा अधुरा रहनेछन् । स्वास्थ्यको ख्याल राख्नु होला ।

कुम्भः– सहज रुपमा काम हुनेछन् । आफ्नै पहलमा धेरै कामको टुङ्गो लाग्नेछ । व्यापार व्यवसायमा प्रगतिका सम्भावना प्रशस्त देखिने छन् । अर्थोपार्जन हुनेछ । काममा ढिला सुस्ति नगर्नु होल । राजनीति व्यक्तिको भर परेर कुनै योजना अगाडि नसार्नु होला । आर्थिक कारोवारमा ध्यान दिनुहोला ।

मिनः– लगनशिलता बढाउनु होला । प्रयत्नबाट नै काम बन्ने छन् । अरुको भरमा मात्रै काम नगर्नु होला । अध्ययन कार्यमा भन्दा आर्थिक कार्यमा बढि दखल हुनेछ । कामको विचमा विचार परिवर्तन नगर्नु होला । लगानी भन्दा श्रममा जोड दिनुहोला । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ ।


Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी