अनि मैले त बाइक पो ल्याएँ ! कमेडी भिडियो

अनि मैले त बाइक पो ल्याएँ । यो कमेडी भिडियोको शिर्षक हो ।

यहाँ प्रस्तुत गरिएको भिडियो टिभीनेपाली फेसबुक पेजमा तपाईले देखिसकेको हुन पर्छ । किनकि यस्ता धेरै रमाइला भिडियोहरु टिभीनेपालीको अफिसियल पेजमा अपलोड हुने गर्छन् । तपाईले लाइक गर्नु भएको छैन भने पेज लाइक गरेर यस्ता रमाइला भिडियोहरु आफ्नो फेसबुकमा आउँने बनाउँन सक्नु हुनेछ ।

यो त भयो टिभीनेपालीको बारेमा । यो भिडियोमा चै त्यस्तो के छ त ? भिडियोमा एकजना युवकले आफुसँग घटेको घटनाको बारेमा आफ्नो साथीलाई सुनाउँदै हुन्छ । यो घटना सुनाउँनुको कारण चै फेरि झन् रोचक छ ।

वास्तवमा यो सर्ट मुभीको मुख्य पात्रसँग अघिल्लो दिनसम्म बाइक हुदैन तर भोलीपल्ट एक्कासी बाइक चढेर स्टाइलमा हिड्न थाल्छ । यो देखेर उसको साथीले बोलाउँछ । र उसलाई भन्छ कि हिजोसम्म नभएको बाइक आज कसरी आयो ? कसको बाइक लिएर यसरी फुर्तिसाथ हिड्दैछस् ?

तब बाइकवाला साथीले आफुसँग घटेको रोचक घटना सुनाएको हुन्छ । उसको घटना निकै रोचक हुन्छ ।

उ जंगल छेउको बाटो हिड्दै हुन्छ । त्यहि बाटोमा एक जना युवती बाइकमा आउँछिन् । एकान्त ठाउँमा कोही पनि नदेखे पछि ति युवतीले युवकलाई आफ्नो बाइकमा बसे पुर्याइदिने आशा देखाउँछिन् । बाटो छिट्टै कट्छ भनेर युवक पनि बाइकमा बस्छ ।

तर घटना तब मोडिन्छ जब युवतीले बाटो मोड्दै बाइकलाई सुनसान र एकान्त जंगलमा पुर्याउँछिन् । त्यसपछि के के हुन्छ र युवकले कसरी युवतीको बाइक हात पार्छ भन्ने जान्न चै तपाईले भिडियो नै हेर्नु पर्ने हुन्छ ।

भिडियो हेर्नुहोस्


Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी