बलात्कारको यो पाटो तिर कसैले ध्यान दिएनन्, नत्र सबै कुरा छर्लङ्ग हुन्छ – युवराज संग्रौला

बलात्कारको संख्या बढ्दो छ । नेपाली समाजमा बलात्कारको तथ्यांक हेर्ने हो भने कहालीलाग्दो देखिन्छ । विगतका ६ महिनामा मात्रै एक हजार भन्दा बढि बलात्कारका घटनाहरु सार्वजनिक भएका छन् । अझै लुकेका घटनाहरु यो भन्दा बढि हुन सक्ने आँकलन गरिन्छ ।

नेपाली समाज खुल्ला समाज होइन । अझै पनि बलात्कृतहरुलाई नै विभिन्न कारणले दोषी देखाउँने चलन कायमै छ । यसको उदाहरण हो, बलात्कारको घटना बढ्नु महिलाको पोसाक हो भन्ने सोच तर वास्तवमा बलात्कारको कारण त्यति मात्र होइन ।

नेपाल बार काउन्सिलका पुर्वअध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक रहिसकेका युवराज संग्रौलाले यसबारे भिन्न दृष्टिकोण पस्किएका छन् । उनले नेपाली समाजमा बढिरहेको बलात्कारको घटनाको नयाँ पाटो केलाएका छन् जसको राम्ररी अध्ययन गर्ने हो भने बलात्कारका कुराहरु धेरै हदसम्म छर्लङ्ग हुन सक्छन् । उनको विचार यहाँ हामीले उनको फेसबुक पोस्टबाट लिएका हौँ ।

अपराधका प्रवृत्तिको विश्लेषण गर्न सकिन्छ । नेपालमा अहिलेसम्म यस्तो केन्द्र बन्न सकेन ।

२०१२ मा मैले प्रयास गरेको थिएँ, तर भ्याइन । पहिला विगतका तथ्यांक संकलन गर्नु पर्छ, अपराधका । त्यतिसम्म गरि, तथ्यांक विभागको सहयोगमा विश्लेषण गरियो । त्यसपछि नयाँ तथ्यांक राखी विश्लेषण गर्ने काम भएन ।

अहिले समाज अाक्रान्त छ । मानिसको सकारात्मक सोच र सिर्जनात्मकता ध्वस्त बनाइएको छ । देश माफिया, भ्रस्टचारी, विदेशी दलाल, अन्धवादी र राजनीतिक सहिष्णुता नभएका मानिसहरुको खेल मैदान भएको छ । यहि सेरोफेरोमा अपराधहरु घटिरहेका छन् ।

हिजो विनय झा, जो राम्रो अपराधशास्त्री र कानुनबिद् पनि हुन् उनी । उनको र मेरो अपराधका यी प्रबृत्तिको बारेमा कुरा भयो । यसबारेमा छलफल र अनुसन्धान गर्ने कुरा भयो । सरसर्ती हेर्दा केही प्रबृत्ति देखिन्छन् ।

१. जति बलात्कारका घटना भएका छन्, अधिकांश ती बालिकामाथि भएका छन् । यस्को तात्पर्य यौनवासना भन्दा अन्य अपराधिक मनसायबाट भएका हुन् भन्ने अनुमान हुन्छ । समाजलाइ आंतकित पार्ने वा समाजलाइ एकातिर अल्मल्याएर अन्य जघन्य अपराध गर्ने योजनाहरु कारणका रुपमा रहन सक्छन् । जस्तै २०६३/६४ मा अपहरणका घटनाहरुको जगजगी थियो । तर प्रत्येक घटनापछि बैंक डकैती भएको पाइन्छ ।

२. बालिकाकाहरुको बलात्कार भएको छ, र प्रमाणहरु नस्ट गर्ने प्रबृत्ति देखिएका छन् । यस्को तात्पर्य हुन्छ, बलात्कारको घटना आवेगमा भन्दा पहिला देखि नै योजनामा गरिएका थिए । अत: समाजलाई आतंकित पार्नु मुख्य लक्ष्य हो ।

३. यो सरकारले शुरुमा सवारीको कार्टेलिङको विरुद्धमा सक्रियता पुर्वक काम गर्यो । दसकौंदेखि मोज गर्नेहरूलाई कारबाही गर्यो र देशमा सरकार छ भन्ने अनुभुती दियो । आमनागरिक यस्को समर्थनमा ओर्लिए । माफियाहरु डराए ।

४. पैसा र भ्रममा धर्म परिवर्तन गर्ने, बजार तस्करी, यौन धन्दा लगायत पोर्न ब्यबसाय, सुन तस्करी र जगा दलालीमा लागेकाहरुलाई कानुनको चुनौती हुने खतरा पैदा भयो ।

५. यीनै अपराधी संयन्त्रहरु सक्रिय भएका हुन् र उनीहरुको पहुँच प्रहरी र प्रसासन र राजनीतिमा छन् भन्ने कुरा त्यसपछिका आन्दोलनले देखाएका छन् ।

६. अचानक केही डाक्टर, केही पत्रकार, तरकारी दलाल, सार्बजनिक सवारी र ट्यांकर व्यावसायी नाजायज आन्दोलनमा उत्रिनु नै प्रमाण हो । उनीहरुलाई थाहा छ, यदि नयाँ संहिताहरु कार्यन्वयनमा आए भने उनीहरु फन्दामा पर्नेछन् ।

७. सरकारले यी घटनाको विश्लेषण गरेन । सरकारमा बस्नेहरूले अरुलाई ढोका बन्द गरे ।

८. अहिले घर किनबेच ह्वातै बढेको देखिन्छ । मालपोत राजस्व बढेको हेर्नुहोस् । अर्थमन्त्रीले बुझ्नु पर्ने हो । सेयर मार्केट ओरालो लाग्नु, शहरी घर बिक्रि बितरण बढ्नु र आन्दोलनको मौसम आउनुले के देखाउछ ? नयाँ कानुनको खारेजीको वा असफलताको वातावरण बनाइदैछ ।

९. यस्ता हर्कतलाइ सहयोग गर्नेले आफ्नै जिवनलाई खतरामा हाल्छन् ।

१०. प्रहरी भित्र माफिया सफा गर्न आइजिपीसाप लाग्नु पर्ने देखिन्छ । हिजोको प्रहरी विवादको आक्रोस र निराशा अहिलेका आन्दोलनमा पोखिएको छ । एकजना प्रहरी आन्दोलनमा लाग्न टयांकरवालालाई फकाइरहेको भिडियो मलाई एकजना भलादमीले मलाई देखाए । गृहमन्त्रीले सहयोग लिन सकेनन् । उनलाई घेराबन्दी गर्ने सक्रिय छन् तर उनी सहयोग लिन निस्क्रिय ।

नोट : यो लेखकको व्यक्तिगत विचार हो । यसले टिभीनेपालीको सम्पादकिय धारणालाई प्रतिनिधित्व गर्दैन ।


Recent Posts

पलेटी कसेर खाना खानुका यस्ता चमत्कारि फाइदा

विप्लव समूहका स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओलीसहित पाँच नेता पक्राउ

पथरीशनिश्चरे नगर क्षेत्रका योजना चैत मसान्तसम्म सम्झौता हुने

१ सय ५० दलितलाई निःशुल्क झुल वितरण

व्यवसाय दर्ता तथा नविकरण गराउन आव्हान गर्दै पथरीशनिश्चरे नगर द्वारा ५ सय पसल अनुगमन्

खराब सेलिब्रेसनका कारण रोनाल्डो च्याम्पियन्स लिगको क्वाटरफाइनलमा ‘ब्यान’ हुन्छन् ?

नाम फेरो सीके राउतको पार्टीले , अब जनमत पार्टी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा नेकपा नेता योगेश भट्टराईलाई नियुक्त गर्ने तयारी