२ बर्ष पछि पहिलो पल्ट दाह्री काटेका मेस्सी यस्ता देखिए, बाहिरिएका तस्विरहरु सहित

बार्सिलोना । कहिलेकाँही समाचारका शिर्षक र समाचार आफैलाई अचम्म लाग्ने जस्तो लाग्छ । दाह्री काटेको पनि समाचार हुन्छ र ? झट्ट सुन्दा तपाईलाई पनि यस्तै लागेको हुन सक्छ तर हेर्नुहोस् त, तपाई आफै पनि शिर्षक देखेर फोटोमा क्लिक गर्दै यहाँसम्म आइपुग्नु भयो र यो समाचार पढ्दै हुनुहुन्छ ।

वास्तवमा यो सामान्य मान्छेका लागि समाचार बनाइएकै होइन । यो समाचार फुटबलका सर्वकालिक महान खेलाडी (GOAT) लियोनल मेस्सीको सम्बन्धमा हो । अनि, संसारभरका फुटबल खेलका दर्शकको कसैको मनमा र कसैको दिमागमा बसेका मेस्सीका बारेमा सानो भन्दा सानो कुराको समाचार बन्नु पक्कै पनि नौलो होइन ।

यो समाचार विशेष यो कारण पनि छ कि मेस्सीले विगतमा २ बर्ष देखि नगरेको काम गरेका छन् । साँच्चै नै उनले २०१६ देखि नखौरेको दाह्री अहिले २ बर्ष पछि २०१८ मा खौरिएका छन् ।

यसो त मेस्सीले दाह्री काटुन् भनेर कसैले व्यंग्यस्वरुप चेन्ज डट कममा एकजनाले पेटिसन नै दर्ता गराएको थिए । मेस्सीले सोही पेटिसनको कारण नै आफ्नो दाह्री फ्यालेका त होइनन् नि ?

जे होस्, दाह्री खौरिएका मेस्सीले ग्राउन्डमा फुटबल अभ्यास गर्दै गरेको फोटोहरु सार्वजनिक भए पछि संसारभरका मानिसहरुले चासो दिए । मेस्सीले दाह्री खौरिएछन्, फेसबुक र ट्विटरमा लेख्न थालियो । “मेस्सी साँच्चै नै २० बर्षका तन्नेरी जस्ता देखिएका छन्” उनका एक फ्यानको ट्विटरमा लेखिएको छ ।

मेस्सीको नयाँ लुक्समा वास्तवमै उनी तन्नेरी देखिएका छन् । केहि तस्विरहरु हेर्नुहोस् :

तलको तस्विरमा हेर्नु भयो भने मेस्सी उनका साथीहरु भन्दा पनि फुच्चे र कलिलो देखिएका छन् । उनको जोश तथा खेल कौशलले त यसै पनि उनको उमेर घटाउँछ नै । यस माथी दाह्री फालेका उनी साँच्चै नै किशोर देखिएका छन् । भर्खरै च्याम्पियन्स लिगमा ह्याट्रिक गरेर उनले आफु अझै किशोर खेलाडीलाई माथ दिन सक्ने त देखाएकै छन् ।

दाह्रीवाल मेस्सीलाई हासेको सुहाउँने कि दाह्रीफाल मेस्सीलाई हासेको सुहाउँने हो ? भन्नुस् त ! यसो त उनका समर्थक अझ भनौँ फ्यानहरुका लागि त मेस्सीले जसो गरे पनि सुहाएको नै लाग्छ होला र उनका प्रतिप्रर्धी टिमका फ्यानहरुलाई उनले जसो गरे पनि वाइयात नै लाग्छ होला । तर यदि तपाई पुरुष सुन्दरताको पारखी हुनु हुन्छ भने तपाई मेस्सीका कुन तस्विरलाई छनौट गर्नु हुन्छ ?

मानौँ, तपाई मेस्सी जस्तै हुनु हुन्छ । अब मेस्सीका दुवै तस्विर हेरेर भन्नुहोस्, तपाई दाह्री काट्नु हुन्छ कि मेस्सीले अस्ति पाले झै पाल्नु हुन्छ ?

यदि तपाई दाह्री पाल्दा मेस्सी कस्ता देखिएका थिए भन्ने हेर्नलाई गुगल गर्न लाग्दै हुनुहुन्छ भने भो पर्दैन । यहाँ तल हामीले उनको पहिलेको फोटो पनि राखेका छौँ ।

तपाईलाई मेस्सीको कुन लुक्स राम्रो लाग्यो ? मेस्सीले दाह्री पाल्दा ठिक कि दाह्री फाल्दा ठिक ? जस्तो दाह्री भए पनि उनले हान्ने गोलमा त के फरक पर्छ र, होइन त ?